Nic Ad Nic Ad
Nic Ad Nic Ad

अदालतले गर्‍याे राहुल गान्धीलाई २ वर्ष जेल सजाय

बिहीबार, चैत ९, २०७९

काठमाडौँ– भारतको अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९ मा उनले दिएका एक अभिव्यक्तिलाई लिएर सो सजाय सुनाइएको हो ।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।

सन् २०१९ को एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता हैं (सबै चोरको थर मोदी किन हुन्छ ?)’ भन्ने अभिव्यक्ति दिएका बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्