Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकार विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक जारी

बिहीबार, चैत ९, २०७९

काठमाडौं–मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्दै आएका मन्त्रालयहरू गठबन्धनका दलभित्र भागबण्डाबारे छलफल गर्न बालुवाटारमा बैठक बसेको हो । बैठकमा मन्त्रिपरिषद् विस्तारदेखि सरकारका न्युनतम् साझा नीति तथा कार्यक्रमको बारेमा छलफल भइरहेको छ ।

बैठकमा गठबन्धनका शीर्ष नेताहरू सहभागि छन् । गठबन्धनका प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरु बैठकमा सहभागी रहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्