नेभिगेशन
समाज विविध

एनआरएनएले आविष्कार केन्द्रलाई दियो ६३ लाख बढीको सहयोग

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) ले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजा रुपैयाँ बराबरको सहयोग गरेको छ ।

सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले २०७२ वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि किनिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले किनेका फर्निचर तथा सामाग्री सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका उपकरण एवं सामाग्रीहरु आविष्कार केन्द्रको वीरगन्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनस्र्थापनाका लागि प्रयोग गरिनेछ ।

त्यस अवसरमा संघका कार्यकारी अध्यक्ष रविना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नतिमा दिएको योगदानको प्रशंसा गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता