नेभिगेशन
सुरक्षा–अपराध

गुरुप्रसाद न्यौपानेविरुद्ध शेयरको भित्री कारोबार गरेको आरोपमा मुद्दा दायर

काठमाडौँ– शेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

नेपाल धितोपत्र बोर्डले आज शेयरको भित्री कारोबार गरेको आरोपमा न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । 

नेपाल धितोपत्र बोर्डका अनुसार न्यौपानेले  रिडी पावर कम्पनीको अध्यक्ष पदमा बहाल रहेको अवस्थामा शेयर खरिद–बिक्री गरेको विषयमा अनुसन्धान गर्दा भित्री कारोबार भएको पुष्टि भएको छ । 

न्यौपानेविरुद्ध बोर्डले तीन करोड २३ लाख रुपैयाँ बिगो र एक वर्षसम्म कैद सजायको माग दाबी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध