Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा आयो

शुक्रबार, चैत १०, २०७९

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । 

देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो  । अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ । त्रिविबाट प्राप्त विवरण अनुसार अनेरास्ववियु १९, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले  १८, अखिल (क्रान्तिकारी) चार, समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत सङ्घले एक  क्याम्पसमा विजयी प्राप्त गरेका छन् । अन्य क्याम्पसको विवरण प्राप्त भइरहेको त्रिविले जनाएको छ । 

त्रिविले पुनः निर्वाचन गर्न निर्देशन दिएपछि केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ । चैत १२ गते पोखरा वन क्याम्पस, चैत १७ गते आयुर्वेद क्याम्पसका र कृषि क्याम्पस चितवन र चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्वाचन गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०७:०६
प्रतिक्रिया दिनुहोस्