Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्जेन्टिनाले पनामालाई २–० ले हरायो, मेसीले गरे ९९औँ गोल

शुक्रबार, चैत १०, २०७९

काठमाडौँ– अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा विश्वकप विजेता अर्जेन्टिनाले मनामालाई २–० ले हराएको छ ।

अर्जेन्टिनाको राजधानी ब्युनस आइरेसस्थित मोनुमेन्टल रंगशालामा भर्खरै सम्पन्न उक्त खेलमा कप्तान लियोनल मेसी र थियागो अल्माडाले एक–एक गोल गरे ।

धेरै आक्रमण गरेपछि पहिलो गोलका लागि घरेलु टोली ७८ मिनेटसम्म कुर्नुपरेको थियो । अल्माडाले डेडअक तोडेका थिए ।

त्यसपछि मेसीले ८९औँ मिनेटमा मेसीले फ्रि–किकमार्फत गोल गरेपछि अर्जेन्टिनाले २–० को सहज जित निकालेको हो । 

यससँगै मेसीले राष्ट्रिय टोलीका लागि ९९औँ गोल गरेका छन् । अब १०० गोलको कीर्तिमान बनाउन उनी एक गोलमात्र टाढा छन् । 

अर्जेन्टिनाले दोस्रो खेल मार्च २७ मा कुराकाओविरुद्ध खेल्नेछ । कोर्डोबास्थित मारियो केम्पास रंगशालामा हुने उक्त खेलमा पनि गोल गरे मेसीले १०० गोल पूरा गर्नेछन् ।

कतारमा गत डिसेम्बरमा विश्वकपको उपाधि जितेयता अर्जेन्टिना पहिलोपल्ट मैदानमा उत्रेको हो । यसर्थ, खेल दौरान विश्वकपको ट्रफीसमेत प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०७:३०
प्रतिक्रिया दिनुहोस्