Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती प्रदेशसभाको बैठक आज बस्दै

विश्वासको मत लिने मुख्यमन्त्री जम्मरकट्टेलको तयारी
शुक्रबार, चैत १०, २०७९

काठमाडौँ– बागमती प्रदेशसभाको बैठक आज बस्नदैछ । यसअघि बुधबार बोलाइएको बैठक स्थगित भएकोमा फेरि आजका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि सारिएको थियो । सरकारमा भागबण्डा नमिलेपछि कांग्रेस सांसदहरू बैठकमा उपस्थित नभएको बताइएको थियो ।

आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले विश्वासको मत लिने तयारी गरेको बताइएको छ ।

सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिनु परेको हो ।

नेकपा (माओवादी केन्द्र)का नेता जम्मरकट्टेल गत पुस २५ गते नेकपा (एमाले)सहित ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । अहिले उनलाई नेपाली कांग्रेससहित सत्ता गठबन्धनको समर्थन हुने देखिन्छ ।

राप्रपा विपक्षमा छ एमाले भने अझै अनिर्णीत छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्