Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज मन्त्रिपरिषद्को बैठक बस्दै, आइजिपीबारे निर्णय हुने

शुक्रबार, चैत १०, २०७९

काठमाडौँ– आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले विभिन्न बिषयमा निर्णय गर्ने बताइएको छ ।

आजको बैठकले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी)बारे निर्णय लिने बताइएको छ । 

आजबाट आइजिपी धीरजप्रताप सिंह अवकाशमा जाँदैछन् । उनको अवकाससँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को आइजिपी बन्ने प्रतिस्पर्धा छ । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजिपीको दाबेदार छन् । 

आइजिपीको दौडमा कुँवर र ज्ञवालीबीच बढी प्रतिस्पर्धा छ ।  प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट एआइजीमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वोच्च पद (आइजिपी) बन्नेछन् । 

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले डिआइजीबाट कुँवर, राई, थापा, ज्ञवाली र बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्