Nic Ad Nic Ad
Nic Ad Nic Ad

घट्यो परिवारको आकार

शुक्रबार, चैत १०, २०७९

काठमाडौँ– नेपालीको परिवारका सदस्य कम हुन थालेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले परिवारका सदस्य संख्या घटेको देखाएको हो ।

कार्यालयले २०६८ सालमा गरेको राष्ट्रिय जनगणनामा नेपाली परिवारको सदस्य संख्या औसतमा ४.८८ जना रहेको थियो । तर, त्यसको १० वर्षपछि अर्थात २०७८ सालमा गरेको जनगणनाले औसत परिवार सदस्य संख्या घटेर ४.३७ जना रहेको देखाएको हो ।

‘परिवारका औसत आकार २०७८ सालमा प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो,’ कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

भौगोलिक रुपमा सबैभन्दा ठूलो परिवार तराई क्षेत्रको देखिएको छ । कार्यालयका अनुसार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना परिवार सदस्य रहेका छन् । 

परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी रहेको पाइएको छ । रौतहटमा एक परिवारमा औसतमा करिब ६ जना सदस्य रहेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार सो जिल्लामा औसत परिवार संख्या ५.९४ जना रहेका छन् ।

सबैभन्दा सानो परिवार भने गोरखा र दोलखा जिल्लाको देखिएको छ । सो जिल्लामा परिवार सदस्य संख्या औसतमा ३.४९ जना रहेको पाइएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्