Nic Ad Nic Ad
Nic Ad Nic Ad

मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल हुने

शुक्रबार, चैत १०, २०७९

काठमाडौं– काठमाडौंमा रहेको मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल हुने भएको छ । नेपालमा आयोजना हुने एसियन प्रिमियर कप अन्तर्गतको पहिलो दिन हुने हङकङ र सिंगापुरबीचको खेल मूलपानी मैदानमा हुनेछ । मूलपानी क्रिकेट मैदानमा हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

विभिन्न घरेलु प्रतियोगिताको आयोजना हुँदै आएको मूलपानी मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेलको आयोजना हुन लागेको हो ।

यसका साथै यसै प्रतियोगितामा मूलपानीमै अन्य १० वटा खेलसमेत खेलाइने छ । एसियन क्रिकेट काउन्सिलले बिहिबार घोषणा गरेको खेल तालिकाअनुसार नेपाल र साउदी अरेवियाबीचको खेल पनि मूलपानीम बैशाख ११ गते हुने छ । 

मूलपानीमा नेपालको समेत यो डेब्यु प्रतियोगिता हुनेछ । बिहीबार जारी खेल तालिकामा ओमान र नेपाल एकै समूहमा छन् । मलेसियासँग खेलेर नेपालले सो प्रतियोगिताको सुरुआत गर्ने भएको छ ।

खेल तालिकाअजुसार उदटन खेल नेपालले मलेसियाबीच हुनेछ । 

वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुने प्रतियोगिताका अन्य खेलहरु कीर्तिपुरस्थित त्रिवि  मैदान र मूलपानी मैदानमा संचालन हुनेछ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । प्रतियोगिताका १३ खेल टियुमा तथा ११ खेल मूलपानीमा आयोजना हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्