नेभिगेशन
पुँजी बजार

सहकारी आवास परियोजना हस्तान्तरण कार्यक्रमको उद्घाटन

झापा– झापाको दमक नगरपालिका–४ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यका परिवारलाई सहकारी आवास परियोजना हस्तान्तरण गरेको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नवनिर्मित सहकारी आवास परियोजना हस्तान्तरण कार्यक्रमको उद्घाटन गरेका हुन् । 

परियोजनको उद्घाटन भएसँगै संस्थाले शेयर सदस्यहरूलाई आवास परियोजना हस्तान्तरण गरेको हो । 

संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले मेची आवास क्षेत्रमा कूल ५७ वटा घरहरू निर्माण गरिएको बताए । एक विगहा १८ कट्ठा जग्गामा कुल २२ करोड ८३ लाखमा सो घरहरू निर्माण गरिएको छ । 

शेयर सदस्यका लागि एउटा घरको मुल्य कम्तीमा ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्म तोकिएको छ । हाल सो परियोजना क्षेत्रमा २६ शेयर सदस्यका परिवारले बसोबास गरिरहेका छन् । सबै घर बिक्री भइसकेको उनले बताए ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्