नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं–नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्यराजेशकाजी श्रेष्ठ, नेपाल इटाली चेम्बर अफ कमर्सका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
नेपाल र इटालीबीच कुटनीतिक सम्बन्ध स्थापना भएको करिब साढे ६ दशक हुनै लागेको छ । सन् १९५९ अगस्ट ३१ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यो अवधिमा दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहेको र व्यापार व्यवसाय पनि उल्लेख्य नै रहेको परिदृश्यमा दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई थप बलियो र सशक्त बनाउन नेपाल इटाली चेम्बर अफ कमर्स स्थापना भएको हो ।
कार्यक्रममा नेपाल इटाली उद्योग वाणिज्य क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । जसमा विशेष सम्मान नेपाल इटाली चेम्बर अफ कमर्सका विशिष्ठ मानार्थ सदस्य राजेशकाजी श्रेष्ठलाई प्रदान गरिएको थियो । त्यस्तै नेपाल र इटालीबीच व्यापार क्षेत्रमा उत्कृष्ट आयातकर्ताका रुपमा विनोद सगतानीलाई प्रदान गरियो । इटालीतर्फ नेपाली वस्तु निर्यातको लागि उत्कृष्ट निर्यातकर्ताको रुपमा सम्मान राजु श्रेष्ठलाई प्रदान गरिएको थियो । नेपाल इटली चेम्बर अफ कमर्सका तर्फबाट नेपालमा इटालीका पर्यटक सबैभन्दा बढी भित्रयाउने सफल भई पर्यटन क्षेत्रमा पु¥याएको योगदान लागि पिस इन्टरनेशनल टुर एन्ड ट्राभल्सका प्रवन्ध निर्देशक सर्वोत्तम लाल श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । साथै फायर एण्ड आईस पिज्जेरियालाई उत्कृष्ट लगानीकर्ताको रुपमा सम्मान प्रदान गरियो ।
इटालीले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विकास सहयोग प्रदान गर्दै आएको छ । विशेषगरी सन् १९९० मा प्रजातन्त्र आएपछि इटालियन सरकार र जनताले नेपालमा सहयोगको मात्रा बढाउँदै लगेका छन् । यस्तै, सन् २०१५ को विनाशकारी भूकम्पपछि पीडितलाई उल्लेख्य मात्रामा इटालियन सहयोग प्राप्त भएको छ । नेपाल इटली चेम्बरमार्फत द्विपक्षीय व्यापार अभिवृद्धिसँगै नेपालमा इटालीबाट लगानी भित्रयाउने तथा नेपालमा इटलीका पर्यटकको संख्या बढाउन अभिप्राय रहिआएको छ । नेपाल र इटालीबीचको सम्बन्ध मित्रता, आपसी हित र सौहार्दतामा आधारित छ ।