Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेका ४ मन्त्रीले दिए बागमती सरकारबाट राजीनामा

शुक्रबार, चैत १०, २०७९

हेटौंडा–बागमती प्रदेश सरकारबाट एमालेका ४ मन्त्रीले राजीनामा दिएका छन् । सरकारमा सहभागी एमालेका ४ मन्त्रीहरूले प्रदेशसभा सचिवालय हेटौंडामा मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष राजीनामा बुझाएका हुन् । शुक्रबारको बसेको प्रदेशसभाको बैठकमा सरकारको समर्थन र राजीनामा घोषणा गरेको एमालेले प्रदेशसभा बैठक सञ्चालन कै क्रममा मुख्यमन्त्री जम्कट्टेल समक्ष राजीनामा बुझाएका हुन् ।
पुस २६ गते एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको थियो । नेता थपलियाले शुक्रबारको प्रदेशसभाबाट बोल्दै गरेर सरकारबाट बाहिरिएको र सशक्त प्रतिपक्षको भूमिकामा रहने घोषणा गरेका थिए ।
नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका थिए भने एमालेका एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए । एमालेका ३ जना मन्त्री गत माघ १० गते नियुक्त भएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्