नेपालमा कति भारतीय र चिनियाँ बसोबास गर्छन् ?
काठमाडौं–राष्ट्रिय जनगणनामा नेपालमा बसोबास गर्ने भारतीय र चिनियाँहरूको तथ्यांक पनि समेटिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार जनगणनामा नेपालभित्र अक्सर बसोवास गर्ने स्वदेशी तथा विदेशी सबैको तथ्यांक संकलन गरिएको छ ।
तथ्यांकअनुसार नेपालमा शून्य दशमलव ४६ प्रतिशत भारतीय र शून्य दशमलव १ प्रतिशत चिनियाँ नागरिक बसोवास गरिरहेका छन् ।
‘०.४६ प्रतिशत भारतीय, ०.०१ प्रतिशत चिनियाँ र ५८० जना सार्क देशका (भारतीय बाहेक) छन्’, कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा उल्लेख छ ।
यसैगरी ०.०१ प्रतिशत अन्य देशका नागरिक रहेको पनि कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ १९:१७
प्रतिक्रिया दिनुहोस्