Nic Ad Nic Ad
Nic Ad Nic Ad

निवृत्तिभरण सुधारविरुद्ध फ्रान्समा राष्ट्रव्यापी प्रदर्शन

शनिबार, चैत ११, २०७९

पेरिस– फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोनले अघि सारेको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्कने सङ्केत देखापरेको छ । 

अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका थिएभने आगामी साता बेलायतका राजा चाल्र्स तृतीयको भ्रमणको समय पारेर राष्ट्रव्यापी हडताल र विरोध प्रदर्शनका निम्ति आह्वान भएको छ । 

राष्ट्रपतिले म्याक्रोनले अघि सारेको सेवानिवृत्तिको उमेरप्रति फ्रान्सेली क्रुद्ध भएका छन् । उनले ‘रिटायर’ हुने विद्यमान ६२ वर्षको उमेर हदलाई बढाएर ६४ पु¥याउने विधेयक प्रस्ताव गरेका थिए । भारी मतले सदनले अनुमोदन गरेको उक्त विधेयक संसदीय समितिमा विचाराधीन छ । उक्त समितिले अन्तिम मस्यौदा तयार गरेर पुनः सदनमा प्रस्तुत हुनेछ । 

यसैबीच, बिहीबारको राष्ट्रव्यापी विरोधप्रदर्शनका क्रममा चार सय ५७ जना पक्राउ परेका तथा चार ४१ जना घाइते भएका गृहमन्त्री गेराल्ड डर्मानिनले बताएका छन् । राजधानी पेरिसमा ठूलो प्रदर्शन भएको तथा धेरै स्थानमा टायर बालेर विरोध गरिएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०५:५४
प्रतिक्रिया दिनुहोस्