Nic Ad Nic Ad
Nic Ad Nic Ad

वित्तीय सुधारलाई तीव्रता दिन लेबनानसँग आइएमएफको आग्रह

शनिबार, चैत ११, २०७९

बेरुत– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको छ ।

लेबनानका लागि आइएमएफ प्रतिनिधिमण्डलका प्रमुख अर्नेस्टो रामिरेज रिगोले बिहीबार लेबनानी अधिकारीहरूलाई उद्धार कार्यक्रम सञ्चालनमा ल्याउन वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन आग्रह गरो हुन् । 

परिस्थितिको जटिलताको स्थितिलाईलाई ध्यानमा राख्दै रिगोले दिएको निर्देशनबारे एलनाशरा वेबसाइटले रिपोर्ट गरेको छ । ‘लेबनान आर्थिक रूपले खतरनाक अवस्थामा छ । लेबनानमा सुधारको प्रगति सुस्त छ । त्यसैले आर्थिक सुधारको अनुभूति हुनु जरूरी छ,’ उनले भने, ‘लेबनानमा वित्तीय सुधारसँग सम्बन्धित कानूनहरू अनुमोदन र कार्यान्वयन गर्ने सम्बन्धमा हामीले थप अपेक्षा गरिरहेका थियौँ पुँजी नियन्त्रण कानूनको अन्तिम मस्यौदाले लक्ष्यहरू पूरा गर्दैन र संशोधनको आवश्यकता छ ।’

साथै, पुँजी नियन्त्रण कानूनको अन्तिम मस्यौदाले लक्ष्यहरू पूरा गर्दैन र संशोधनको आवश्यकता रहेको रिगोको भनाइ छ । लेबनानको केन्द्रीय बैंकबाट ऋण लिन बन्द गर्न लेबनानी सरकारलाई आग्रह गर्दै उनले लेबनानको वित्तीय सङ्कटका कारण लेबनानी बैंकिङ प्रणालीमा तरलता र पूँजीको अभाव भएकाले सबैले घाटा बेहोर्नुपर्ने बताए । 

इतिहासकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको लेबनानले आइएमएफबाट प्राप्त हुने सहायताका लागि आवश्यक सुधारहरू कार्यान्वयन गर्न असफल भएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०६:१०
प्रतिक्रिया दिनुहोस्