क्रिकेटर गुलशन सर्लाहीमा सम्मानित
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुलशन झालाई शुक्रबार सर्लाही सदरमुकाम मलङ्गवामा एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
क्रिकेट खेलको माध्यममार्फत यस क्षेत्रको गरिमा बढाएको भन्दै मलङ्गवा–८ का वडाध्यक्ष मुकेश जयसवाललगायतले झालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । झालाई सो अवसरमा कदरपत्रसमेत प्रदान गरिएको थियो ।
मलङ्गवा–८ निवासी खेलाडी झालाई सम्मानपछि बाजागाजासहित बजार परिक्रमा गराइएको थियो । झाले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको चैत २ मा भएको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा अविजित ५० रन बनाएका थिए । जसको सहयोगमा नेपाल खेल डकवर्थ लुइस नियमका आधारमा नौ रनले विजयी हुँदै विश्वकप छनोट भएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ ०६:१९
प्रतिक्रिया दिनुहोस्