नेभिगेशन
समाज विविध
आजको मौसम :

देशका पहाडी भागमा चट्याङसहित वर्षा

काठमाडौँ– आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी ,बागमती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पनि प्रायः दिउँसोको जस्तै मोसम रहने महाशाखाको अनुमान छ । ‘देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ,’  ‘कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा  मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता