Nic Ad Nic Ad
Nic Ad Nic Ad

नदीकिनारका बस्ती हटाउन ७ दिने अल्टिमेटम [सूचनासहित]

शनिबार, चैत ११, २०७९

काठमाडौं –काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ ।

महानगरपालिकाले शनिबार सूचना जारी गरी नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना १ साताभित्र हटाउन भनेको हो । महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न भनेको छ । 

एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम महानगरले हटाइने र सोको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गर्ने सूचनामा उल्लेख छ । 

यसअघि काठमाडौं महानगरले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन लाग्दा सुकुम्बासी वस्तीका बासिन्दाले प्रतिकार गरेका थिए । सुकुम्बासी वस्ती हटाउन नसकेपछि महानगरले गृहमन्त्रालयको सहयोग खोजे पनि पाउन सकेको थिएन ।

क.महनगर_सचन_2JMHP9PGCK1679722271.jpg

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्