ट्रक दुर्घटनामा ३ जनाको मृत्यु
जनकपुरधाम-२ वटा ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । मिथिला नगरपालिका –३ हरिहरपुरमा शनिबार २ वटा ट्रक ठोकिँदा ३ जनाको घटनस्थलमै मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १– ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते छन् ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ ११:२९
प्रतिक्रिया दिनुहोस्