प्रादेशिक संरचना आर्थिक र राजनीतिक रूपमा बोझ भयो : कमल थापा
काठमाडौं –राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश तहको संरचना आर्थिक र राजनीतिक रूपमा बोझ भएको तर्क गरेका छन् । अध्यक्ष थापाले प्रदेशको संरचना आर्थिक र राजनीतिक रूपमा बोझ भएको भन्दै हटाउनुपर्ने माग गरेका हु र
सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्टाटस लेख्दै अध्यक्ष थापाले राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रूपमा रहेको नेपाली सेनाको सङ्ख्या घटाउने निरर्थक बहस गर्नुको सट्टा देशलाई आर्थिक र राजनीतिक बोझ बनेको प्रदेश तहको संरचना हटाउनेबारे बिचार गर्न बताएका हुन् ।
अध्यक्ष थापाको प्रश्न छ, ‘के नेपालको निम्ति अर्बौ तलबभत्ता खाने करिब सयको संख्यामा प्रदेशमन्त्री र ५ सय प्रदेश सांसद आवश्यक छ ?’
उनले राष्ट्रिय जनगणनाको नतिजा प्रकाशित गर्दा धर्मसम्बन्धि तथ्याङ्क सार्वजनिक हुन नसकेको समेत गुनासो गरेका छन् । उनले भनेका छन्, ‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्ममा गएको पहिरो तथा हिन्दु, बौद्ध र किराँतमा परेको नकरात्मक प्रभावका कारण राष्ट्रिय जनगणनाको नतिजा प्रकाशित गर्दा धर्म सम्बन्धि तथ्याङ्क सार्वजनिक हुन सकेन ।’