Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोका–कोला र डोको रिसाइक्लरद्वारा पेट बोतल बिनहरू राखिँदै

शनिबार, चैत ११, २०७९

काठमाडौं –विश्व रिसाइक्लिङ् दिवसको अवसरमा कोका–कोला नेपाल र डोको रिसायकलर्सको सङ्युक्त पहलमा काठमाडौं उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पेट बोटल सङ्कलन बिनहरू राखिएको छ । रिसाइकल प्रक्रियामार्फत पेट बोतलहरूलाई पुनः प्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने जनचेतनामूलक सन्देश पु¥याउने उद्देश्यका साथ यस परियोजनाको सुुरुवात गरिएको हो । 

२०२० अगस्टमा सुरु भएको यस सङ्युक्त परियोजना ‘रिफ्रेस एण्ड रिसायकल’ पेट बोतल सङ्कलन अभियानको दोस्रो चरण हो । धेरै मानिसहरूको जमघट हुने र पेट बोतलहरू बढी फालिने काठमाडौंका ९ स्र भरतपुरका ६ स्थानहरुमा यी बिनहरू राखिएको हो ।

यसरी सङ्कलन गरिएका सबै पेट बोतलहरू भक्तपुरको सानोठिमीस्थित मटेरियल रिकभरीमा रिसाइकल गरिने छ ।

यी बिनमा सङ्कलन भएका बोतलहरू प्रत्येक हप्ता डोको रिसाइक्लरले सङ्कलन र वर्गीकरण गरेर रिसाइक्लिङको लागि रिकभरी प्लान्टमा पठाउँछ । 

सन २०१८ मा कोका–कोलाले २०३० सम्ममा आफूले उत्पादन गर्ने सबै बोतल र क्यानहरू बराबरका खाली क्यान र बोतलहरू सङ्कलन र रिसाइकल गर्ने उद्देश्यका साथ वल्र्ड विदाउट वेष्टको घोषणा गरेको थियो । यही विश्वव्यापी कार्यक्रमको उद्देश्यलाई आत्मसात गर्दै कोका–कोला नेपालले पनि आगामी दशकसम्ममा वल्र्ड विदाउट वेष्टको लक्ष्य प्राप्त गर्ने उद्देश्य राखेको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार