थ्री नेसन्स कपमा भुटान र लाओसको खेल ६ बजे हुँदै
काठमाडौं– प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत भुटान र लाओस शनिबार भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुने छ । खेलमा पहिलो पटक भुटान मैदानमा उत्रिदै छ । लाओसको भने दोस्रो खेल हो ।
भुटान लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । लोआस पहिलो जित निकाल्दै फाइनलको सम्भावना कायम राख्न चाहन्छ । पहिलो खेलमा लाओस नेपालसँग २–० ले पराजित भएको थियो ।
प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । नेपालले मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ १२:२१
प्रतिक्रिया दिनुहोस्