मोरक्कोविरुद्ध ब्राजिलको कप्तानी कासमिरोले गर्ने
काठमाडौँ– मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलमा कासमिरोले ब्राजिलको कप्तानी गर्ने भएका छन् ।
नियमित कप्तान तथा डिफेन्डर थियागो सिल्भाको अनुपस्थितिमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कासेमिरो ब्राजिलको नयाँ कप्तान बनेका हुन् ।
अन्तरिम प्रशिक्षक रामोन मेनेजेसले आगामी मैत्रीपूर्ण खेलका लागि कासमिरोलाई कप्तानको जिम्मेवारी प्रदान गरेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नियमित कप्तान सिल्भा घाइते भएपछि उनलाई टोलीमा समावेश गरिएको छैन ।
ब्राजिलले आइतबार बिहान फिफा विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरक्कोसँग मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ ।
३१ वर्षीय कासमिरो यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट युनाइटेड सरुवा भएका हुन् ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ १२:३४
प्रतिक्रिया दिनुहोस्