Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ महानगरको निर्देशन– अनधिकृत बस्ती ७ दिनभित्र हटाउनू

शनिबार, चैत ११, २०७९

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । 
        
महानगरले आज एक सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संचरना हटाउन निर्देशन दिएको हो । 
        
महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्