सुदूरपश्चिमले निकाल्यो मेयर कपमा दोस्रो जित
काठमाडौं– सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कपमा शनिबार मधेश प्रदेशलाई सात विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मधेशले १९ ओभरमा सबै विकेट गुमाएर ६५ रनको योगफल तयार गरेका थियो ।
जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १०.३ ओभरमा तीन विकेट मात्रै गुमाएर लक्ष्य पूरा गरेको छ ।
जितसँगै सुदूरपश्चिमले तीन खेलबाट चार अंक जोडेको छ । दुई खेलमा पराजित मधेश अंकविहीन छ ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ १३:५७
प्रतिक्रिया दिनुहोस्