Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल लाइफको सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक

शनिबार, चैत ११, २०७९

काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ । 

आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आफू आर्थिक रूपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दै एकै बिमा योजनाबाट २ किसिमको सुविधा उपयोग गर्न पाउने गरी कम्पनीले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना’ सार्वजनिक गरेको हो ।

‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुआत’ भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरिएको हो । एउटै बिमा योजनाबाट २ किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बिमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा हो । 

जसमा बिमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष हुने तथा न्यूनतम बिमा शुल्क भुक्तानी अवधि पाँच वर्षदेखि अधिकतम बिमा शुल्क भुक्तानी अवधि ३५ वर्र्षसम्म हुने बताइएको छ । यो योजनाको न्यूनतम बिमाङ्क रकम २५ हजार रूपैयाँ तथा अधिकतम बिमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिने पनि जानकारी गराइएको छ । यो योजनाले न्यून बिमा शुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्ने पनि बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार