यस्तो छ आज बस्ने संघीय संसदको बैठकको कार्यसूची
काठमाडौं –संघीय संसद अन्तर्गत आइतबार दुवै सदनको बैठक बस्दै छ । दुवै सदनको बैठक दिउँसो १ बजे बस्नेछ ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठकमा डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ ११:२३
प्रतिक्रिया दिनुहोस्