फेरि १९ सयको विन्दुबाट झर्याे नेप्से परिसुचक
काठमाडौँ– सेयर बजार मापक नेप्से परिसुचक १९ सय विन्दुभन्दा तल झरेको छ । पुस ७ गतेपछि परिसुचक पहिलो पटक १९ सयभन्दा तल झरेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार यो समाचार तयार पार्दा (विहान ११.३५ बजे) सम्ममा नेप्से परिसुचक २०.४५ अंकले घटेर १८९४.६९ विन्दुमा पुगेको छ ।
असअघि गत पुस ७ गते परिसुचक १८६७.२१ विन्दुमा कारोबार बन्द भएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ ११:४१
प्रतिक्रिया दिनुहोस्