नेभिगेशन
अर्थ विविध

सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँ घट्यो

काठमाडौं–नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ । 

मूल्य घटेपछि छापावाल सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन तोलामा १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदी तोलाको मूल्य तोलामा १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्