Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवनियुक्त आइजिपी कुँवरलाई दज्र्यानी चिन्ह प्रदान

आइतबार, चैत १२, २०७९

काठमाडौं –नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।  

गृह मन्त्रालयमा आइतबार प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको हो । उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरे । नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।   

दज्र्यानी चिन्ह ग्रहण गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनमा सुधार आवश्यक रहेको बताए । कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण गर्न आफ्नो पहिलो प्राथमिकता रहने भन्दै आन्तरिक सुदृढीकरणका लागि मेरो भीष्म प्रतिज्ञा रहेको बताए ।

उनले आफूले निष्पक्ष काम गर्ने र कानुन कार्यान्वयनमा नडगमगाउने प्रतिवद्धता जनाए । 

यस्तै, गृहसचिव सिंहले प्रहरीको बर्दी भनेको संरक्षकको संकेत भएको उल्लेख गर्दै प्रहरी आयो भनेर जनता डराउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

गृहसचिव सिंहले प्रहरी संगठनमा हुने सरूवा प्रायः विवादमा पर्ने गरेको र त्यसको तत्काल अन्त्य गर्न महानिरीक्षक कुँवरलाई निर्देशन दिए ।
 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्