लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरियो, मुख्यमन्त्री लिला गिरी अल्पमतमा
बुटवल – लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । माओवादी केन्द्रका मन्त्रीहरूले आइतबार पदबाट राजीनामा दिँदै सरकारबाट बाहिरिएको हो ।
लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका ३ मन्त्रीले राजीनामा दिएका हुन् ।
माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १३:०३
प्रतिक्रिया दिनुहोस्