Nic Ad Nic Ad
Nic Ad Nic Ad

छायांकन अगावै ‘जय हो’को विदेश राइट्स बिक्री

आइतबार, चैत १२, २०७९

काठमाडौं –शोभित बस्नेतको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमा ‘जय हो’को छायांकन अगावै विदेश राइट्स बिक्री भएको छ । नमस्ते इन्टरटेनमेन्टले सिनेमाको विदेश राइट्स किनेको हो । अब सिनेमा नेपाल बाहिर रिलिज गर्न चाहनेले नमस्ते इन्टरटेनमेन्टसँग विभिन्न देशमा रिलिज गर्नसम्पर्क गर्नु पर्नेछ । 

देव कार्की सञ्चालक रहेको यो कम्पनिले यसअघि हाल प्रदर्शनरत सिनेमा ‘छक्का पञ्जा–४’, ‘दुई नम्बरी’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘आमा’का साथै आगामी चैत्र २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘प्रसाद २’ को अष्ट्रेलिया राइट्स किनेको थियो ।

टेक पौरखी राईको निर्देशन निर्माण हुने सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकरी, निशा अधिकरी, माओत्से गुरुङ,  प्रेम पाण्डे, दीपा शक्या श्रेष्ठ, सुवि मगर,  सुमिन गुरुङ, अतिथि कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहेको छ ।

सिनेमाको द्वन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह छ्न।

सिनेमा चैत्र  ११ गतेदेखि फ्लोरमा गएको छ । सिनेमा यतिबेला पोखराको विभिन्न स्थानमा छायांकन भइरहेको छ । सिनेमाको छायांकन ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमा आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।
 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जय हो’को छायांकन सकियो
आइतबार, वैशाख ३, २०८०

‘जय हो’ को छायांकन सुरु
शुक्रबार, चैत ३, २०७९