Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु

आइतबार, चैत १२, २०७९

काठमाडौं –विश्वका विभिन्न देशका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ ।  

आयोजक ईप्लानेट सिंगापुरले प्रतियोगिताको नयाँ संस्करणको तयारी सुरु गरेको हो । आगामी नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने प्रतियोगिताको अध्यक्षमा इ–प्लानेट नेपालका सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शाक्य रहनेछन् ।  

आवेदन समेत खुल्ला गरिएको प्रतियोगिताको कार्यक्रम संयोजक सुसान सनफुर्मी कोह र स्थानीय कोअडिनेटर फन्तिप सृवारान्यो छन् । प्रतियोगीतामा मिस तर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूहकाले सहभागिता जनाउन सक्ने छन् ।

हेरिटेज पेजेन्ट एउटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो, जसले शान्ति, वातावरण, पर्यटन, संस्कृति र सबै भन्दा माथि विश्वव्यापी सम्पदालाई विश्वव्यापी परिप्रेक्ष्यबाट प्रवद्र्धन गर्ने प्रयास गर्दछ ।

यो प्रतियोगीता नेपालमा पहिलो पटक २०१४ मा आयोजना गरिएको थियो । प्रतियोगिताको दोस्रो संस्करण सन् २०१५ मा भारतको नयाँ दिल्ली, तेस्रो संस्करण सन् २०१६ मा श्रीलंका, चौथौं संस्करण सन् २०१९मा सिंगापुर तथा पाँचौं संस्करण सन् २०२२ मा मलेशियामा आयोजना भएको थियो ।  
 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्