Nic Ad Nic Ad
Nic Ad Nic Ad

भेडी गाउँमा भेटियो नौ वटा बेवारिसे बम, स्थानीयवासी त्रसित

पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट हुँदा एक सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने
आइतबार, चैत १२, २०७९

कावासोती– पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । 

आज दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए ।

बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन् ।

जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो । भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला) हुन् । साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट हुँदा एक सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरे ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले भर्खरै सो घटनाबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली उक्त स्थानतर्फ गएको जानकारी दिए । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  २२:००
प्रतिक्रिया दिनुहोस्