नेभिगेशन
समाज विविध

आजको मौसम : यी ३ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति पनि प्रायः उस्तै मौसम रहने महाशाखाले जनाएको छ ।

‘कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ,’ महाशाखाले आज बिहान जारी गरेबको सूचनामा भनिएको छ, ‘कोसी र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता