Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको यू–१६ महिला टोली रुससँग पराजित

सोमबार, चैत १३, २०७९

काठमाडौँ– साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रुससँग पराजित भएको छ ।

बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा रुसले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा रुससँग गोलरहित बराबरीमा खेलेको नेपालले दोस्रो हाफमा तीन गोल खायो । 

रुसको जितमा एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन् । खेलको ६३औँ मिनेटमा एलिनाले गोल गर्दै रसियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ७४औँ मिनेटमा एलिनाले व्यक्तिगत दोस्रो गोल गर्दै रसियालाई २–० को अग्रता दिलाइन् ।

त्यसपछि खेलको ८३औँ मिनेटमा पोलिनाले गोल गर्दै रुसलाई ३–० को जित दिलाइन् । यस जितसँगै रसियाले तीन खेलमा ९ अङ्क जोडेको छ । रुस शीर्ष स्थानमा उक्लिएको छ । यता नेपालको यो दोस्रो हार हो । नेपाल तीन खेलमा ३ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भूटान र रुसको सहभागिता रहेको छ । नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मङ्गलबार आयोजक बङ्गलादेशसँग खेल्नेछ । 
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०६:५३
प्रतिक्रिया दिनुहोस्