Nic Ad Nic Ad
Nic Ad Nic Ad

लक्जेम्बर्गको पोस्टमा पोर्चुगलका आधा दर्जन गोल

सोमबार, चैत १३, २०७९

काठमाडौँ– सन् २०२४ मा जर्मनीमा हुने युरोकप फुटबल प्रतियोगिताको छनोटमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा घरेलु टोली लक्जेम्बर्गमाथि ६–० को फराकिलो जित निकालेको हो ।

खेलको नवौँ मिनेटमा नै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि जाओ फेलिक्सले १५ औँ मिनेटमा गोल गरेपछि पोर्चुगलको अग्रता दोब्बर भयो ।

लगत्तै १८ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगलले अग्रता तेब्बर बनायो ।

खेलको ३१ औँ मिनेटमा कप्तान रोनाल्डाले नै गोल गरेपछि पोर्चुगलको अग्रता चौबर बन्यो । त्यसपछि ७७ औँ मिनेटमा ओटाभियोले गोल गरेपछि पोर्चुगलले ५ गोलको अग्रता बनायो ।

खेलको ८५औँ मिनेटमा राफयल लियो पेनाल्टीमा चुके । यद्यपि, पोचुर्गल यतिमै रोकिएन । ८८ औँ मिनेटमा लेओले नै गोल गरेपछि पोर्चुगलले लक्बेम्बर्गको पोस्टमा आधा दर्जन गोल छिरायो ।

यस जितसँगै पोर्चुगल समूह ‘जे’मा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । पोर्चुगलको २ खलेबाट ६ अंक जोडेको छ । पराजित लक्जेम्बर्र्ग १ अंक जोडेर पाँचौं स्थानमा छ ।

यही समूहको अर्काे खेलमा स्लोभाकियाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले तथा आइसल्यान्डले लिचेस्टाइनलाई ७–० ले पराजित गरेका छन् ।

यस नतिजासँगै स्लोभाकिया ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बोस्निया र आइसल्यान्डको समान ३ अंक छ । लिचेस्टाइन अंकविहीन हुँदै पुछारमा छ ।
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०७:३८
प्रतिक्रिया दिनुहोस्