नेभिगेशन
सुरक्षा–अपराध

सन्दीपविरुद्धको मुद्दाको फैसलाका लागि पेशी आज

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोपसम्बन्धी मुद्दाको फैसलाका लागि आजलाई पेशी तोकिएको छ ।

कुनै पक्षले स्थगित नगरेको अवस्थामा आजै सुनुवाइको सम्भावना रहेको बताइएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीपमाथि गत भदौमा नाबालिग भनिएकी एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् ।

विदेशमा रहेका सन्दीप करिब एक महिनापछि नेपाल आएका थिए । लगत्तै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

त्यसपछि काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाएको थियो । तर पछि पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

सन्दीपले पुनरावेदन गरेपछि सर्वोच्च अदालतले खेल्नलाई विदेश जान पाउनेलगायत केही खुकुलो आदेश दिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध