युरोकप छनोटमा इंग्ल्यान्डको लगातार दोस्रो जित
काठमाडौँ– सन् २०२४ मा जर्मनीमा हुने युरोकपको छनोटमा इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डले युक्रेनलाई २–० ले हराउँदै लगातार दोस्रो तथा शतप्रशित जित निकालेको हो ।
यसअघिको खेलमा इंग्ल्यान्डले इटालीलाई घरेलु मैदानमै पराजित गरेको थियो ।
लन्डनििस्थत वाम्बली रंगशालामा भएको खेलमा कप्तान ह्यारी केनले गोल गर्दै ३७ औँ मिनेटमा नै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
बकायो साकाले ४० औँ मिनेटमा गोल गरेपछि इंग्ल्यान्डको जित सहज बनेको हो ।
जितसँगै इंग्ल्यान्डले २ खेलमा ६ अंक जोडेको छ ।
इंग्ल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ ।
हारबाट छनोटको सुरुवात गरेको युक्रेन अंकविहीन छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ ०८:४९
प्रतिक्रिया दिनुहोस्