Nic Ad Nic Ad
Nic Ad Nic Ad

युरोकप छनोटमा इटालीको पहिलो जित

सोमबार, चैत १३, २०७९

काठमाडौँ– सन् २०२४ मा जर्मनीमा हुने युरोकप फुटबल प्रतियोगिताको छनोटमा इटालीले पहिलो जित निकालेको छ ।

गएराति भएको खेलमा घरेलु टोली माल्टालाई २–० गोल अन्तरले हराउँदै इटालीले पहिलो जित निकालेको हो ।

इटालीको जितमा माटियो रेटेगुई र माटियो पेसिनाले एक–एक गोल गरे ।

खेलको १५ औँ मिनेटमा नै रेटेगुईले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको २७ औँ मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २–० को जित दिलाए ।

जितसँगै इटालीले २ खेलमा ३ अंक जोडेको छ ।

इटाली समूह ‘सी’को दोस्रो स्थानमा रहेको छ ।

माल्टाको यो लगातार दोस्रो हार हो ।

यसअघि, घरेलु मैदानमा भएको खेलमा इटाली इंग्ल्यान्डसँग पराजित भएको थियो ।  
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्