नेभिगेशन
समाचार

प्रधानमन्त्री प्रचण्डले गरे देउवा र माधव नेपालसँग छलफल

बुधबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदर दलका दुई शीर्ष नेतासँग छलफल गरेका छन् ।

उनले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गरेका हुन् । 

सो छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

सो छलफलमा बुधबार १० दलको बैठक बसाल्ने र त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बताइएको छ ।

नेकपा (एमाले) राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । तर, उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार