यसरी गर्न सकिन्छ गर्मीमा छालाको हेरचाह
काठमाडौँ– मौसम परिवर्तन भएसँगै विस्तारै गर्मी बढ्न सुरु भएकाे छ । गर्मीको कारण हामीलाई विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छ । त्यसमध्ये छाला सुख्खा हुने समस्या पनि एक हो ।
गर्मीमा तातो हावा चल्ने भएकाले ओठ सुक्ने अनुहार तथा छाला सुख्खा भएर जाने तथा छालासम्बन्धी अन्य विभिन्न समस्याहरू देखा पर्ने छाला रोग विशेषज्ञहरू बताउछन् । गर्मीमा छाला सुख्खा हुनुमा हावाको साथै अन्य विभिन्न कारण पनि हुने गर्छ ।
त्यस्तै हाल मौसम परिवर्तन हुने मुख्य समय भएकाले यो समयमा छालालाई सुरक्षित राख्न अति आवश्यक हुने उनको भनाइ छ । यो मौसममा पानीमा पिउँदा अथाव नुहाउँदा विशेष ध्यान दिनुपर्ने विशेषज्ञ डाक्टर जोशी बताउँछन् ।
शरीरमा पानीको कमी, घामको हानीकारक विकिरण, पानीमा विभिन्न ढलहरू नुहाउने लगायतका कारणले पनि छाला सुख्खा हुने गर्छ । हाल विश्वमा वातावरणसम्बन्धी विभिन्न परिवर्तन आइरहेको छ । जसले गर्दा नेपालको मौसम परिवर्तन हुने समयमा पनि परिवर्तन आउने गरेको छ । त्यसकारण अब विशेषगरी मौसम कहिले परिवर्तन हुन्छ भन्नेबारे पनि नयाँ क्यालेन्डर निर्माण गरिनु पर्ने उनको भनाइ छ ।
यो मौसममा छालासम्बनधी समस्याबाट बच्न नियमितरूपमा मोइस्चराइजर सन्सक्रिमको प्रयोग गर्न आवश्यक छ । साथै छालासम्बन्धी डाक्टरहरूसँग पनि परार्मश लिनु पर्ने डाक्टर दत्तले बताए ।
हेरचाह कसरी गर्ने ?
- खेतबारीमा जानुअघि पूरा लुगा लगाउने
- बाहिर निस्कँदा छाता ओढ्ने या क्याप लगाउने
- कामबाट फर्केपछि राम्रोसँग शरीर सफा गरी ओभानो राख्ने
- सकेसम्म छहारीमा बस्ने, भित्र काम गर्ने
- अनावश्यक रूपमा बाहिर घाममा नजाने
- नियमित व्यायाम गर्ने
- प्रशस्त पानी पिउने
- सन्तुलित भोजन गर्ने
- उज्यालो रङका कपडाहरू लगाउने
- प्रयाजसो फलफुहरू खाने
- घामबाट जोगिन आफ्नो छालाअनुसार कम्तीमा एसपिएफ ३० प्लसका सनब्लक मात्र प्रयोग गर्ने
- त्यस्तै गर्मीको समयमा हाइकिङ तथा धेरै अग्लो ठाँउमा घुम्न जानुभन्दा आधा घण्टाअगाडि नै मोस्चराइजर तथा सनब्लकहरू लगाउने
- सरसफाइमा विशेष ध्यान दिनुपर्छ । पसिना बग्ने, धुलो–धुँवा शरीरमा टाँसिने भएकाले नुहाइ–धुवाइ गर्नैपर्छ ।
- गर्मीमा आफ्नो शरीरका साथै वातावरणीय स्वच्छता पनि आवश्यक हुन्छ । त्यसैले लामखुट्टे, झिँगा, साङ्ला नियन्त्रणका लागि घर एवं आसपासका क्षेत्रमा सरसफाइ आवश्यक हुन्छ ।
- डाक्टरको सल्लाहविना कुनै पनि औषधि लिनु हुँदैन ।