Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतकी राष्ट्रपति मुर्मू पश्चिम बङ्गालको भ्रमणमा

मंगलबार, चैत १४, २०७९

नयाँ दिल्ली– भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सोमबार पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान गरेकी छिन् । 

देशको राष्ट्रपतिको रूपमा शपथ लिएपछि मुर्मूको यो पहिलो राज्य भ्रमण हुनेछ । राष्ट्रपति मुर्मूले आफ्नो भ्रमणका क्रममा २७ मार्च (सोमबार)मा भारतीय नेताजी सुभाषचन्द्र बोसप्रति श्रद्धाञ्जलि अर्पण गर्न कलकत्तास्थित नेताजी भवन गएकी हु्न् ।

 त्यसपछि उनले जोरासांको ठाकुरबारीस्थित रवीन्द्रनाथ टैगोरको घरमा गएर टैगोरप्रति श्रद्धाञ्जलि अर्पण गरेकी थिइन् । 

राष्ट्रपति मुर्मू सोही साँझ कोलकाताको नेताजी इन्डोर रङ्गशालामा आफ्नो सम्मानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी भइन् भने २८ मार्च (आज) राष्ट्रपति मुर्मूले बेलुर मठको भ्रमण गर्नेछिन् ।

‘उनी कलकत्ता यूको बैंकको ८० वर्ष पूरा भएको उत्सवमा गरिने एक कार्यक्रममा पनि सहभागी हुन्हुनेछ । त्यसपछि उनले शान्तिनिकेतनको भ्रमण गर्नेछिन् । जहाँ उनी विश्वभारतीको वार्षिक दीक्षान्त समारोहमा सहभागी हुनेछिन् । 

यसअघि, मार्च १९ मा राष्ट्रपति मुर्मूले तमिलनाडुको कन्याकुमारी जिल्लामा रहेको विवेकानन्द रक स्मारकको भ्रमण गरेकी थिइन् । त्यसैगरी, अघि मार्च १६ देखि मार्च २१ सम्म राष्ट्रपति मुर्मू केरला, तमिलनाडु र लक्षद्वीपको एक हप्ताको भ्रमणमा थिइन् ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०५:५७
प्रतिक्रिया दिनुहोस्