Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज सत्ता गठबन्धनको बैठक बस्दै 

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । सत्ता गठबन्धनमा रहेका तीन शीर्ष दलबीच सोमबार आज अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको थियो । सोहीअनु्सार आज बैठक बस्न लागेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा आज अपराह्न गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । 

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । तर, उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । 

सत्ता गठबन्धन आबद्ध दलहरू सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । 

यसर्थ, बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने तथा सम्भवत आजै सहमति बन्ने बालुवाटारनिकट स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०६:५३
प्रतिक्रिया दिनुहोस्