Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई पटकको विजेता फ्रान्सको साँघुरो जित

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– युरोकप फुटबल प्रतियोगिताको छनोटमा फ्रान्सले आयरल्यान्डमाथि साँघुरो जित निकालेको छ ।

गएराति भएको खेलमा दुई पटकको युरोकप विजेता फ्रान्सले घरेलु टोली आयरल्यान्डमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।

यससँगै विश्वपको उपविजेतासमेत रहेको फ्रान्सले सुन् २०२४ मा हुन गइरहेको युरोकपको छनोटमा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ ।

यसअघिको पहिलो खेलमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४–० को सानदार जित दर्ता गरेको थियो । 

एभिभा स्टेडियम डब्लिनमा गएराति दोस्रो हाफको सुरुमा अर्थात ५० औँ मिनेटमा डिफेन्डर बेन्जामिन पाभार्डले गरेको गोल नै निर्णायक बन्यो । 

यस जितसँगै समूह ‘बी’मा फ्रान्स दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा नै पराजित भएपछि आयरल्यान्डले अंकको खाता खोल्न सकेको छैन ।

फ्रान्स युरोकपमा दुई पटकको विजेता हो । उसले सन् १९८४ र २००० मा यो प्रतियोगिता जितेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्