कात्तिक ३ मा ‘परदेशी–२’ आउँदै
काठमाडौं –नेपाली कथानक चलचित्र ‘परदेशी–२’ले प्रदर्शन मिति घोषणा गरेको छ । नारायण रायमाझिको निर्देशनमा निर्माण भएको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन मिति घोषणा गरेको हो ।
यसअघि पटक–पटक सर्दै आएको चलचित्र अब कात्तिक ३ गते प्रदर्शन हुने भएको छ । चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङलगायत कलाकार मुख्य भूमिकामा छन् । प्रकाशको यो पहिलो चलचित्र हो ।
चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । बीबी अनुरागीको संगीत रहेको चलचित्र नेपाल र अमेरिकामा छायांकन गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ ११:२७
प्रतिक्रिया दिनुहोस्