मन्त्रालय भागवण्डको विषयमा नेकपा एसका शीर्ष नेताहरू प्रधानमन्त्रीसँग संवादमा
काठमाडौं –मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागवन्डामा कुरा मिलाउन नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलमा जुटेका छन् ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका छन् ।,
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरिरहेका छन् ।
उनीहरूबीच मन्त्रिपरिषद विस्तार र एकीकृत समाजवादी पार्टीले पाउने मन्त्रालयबारे छलफल भइरहेको छ ।
एकीकृत समाजवादी पार्टीले गृहसहित ३ वटा मन्त्रालयमा दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री प्रचण्डले गृहबाहेकका २ वटा मन्त्रालय दिने तयारी गरेका छन् ।
लामो समयदेखि मन्त्रिमण्डल विस्तार हुन नसक्दा १६ वटा मन्त्रालयको भार प्रधानमन्त्री प्रचण्डको काँधमा छ ।