नेभिगेशन
समाज विविध

ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितहरूले गरे नाराबाजी

काठमाडौं–आफ्नो माग पूरा गराउन काठमाडौं आएका मिटरब्याज पीडितहरूले राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् ।

मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका शाहीविरुद्ध उनीहरूले नाराबाजी गरेका हुन् ।

शाही राजवादी र सामान्तवादी रहेको भन्दै पीडितहरुले उनीविरुद्ध नाराबाजी गरेका हुन् ।

मिटरब्याजी पीडितहरू भद्रकाली हुँदै माइतीघर मण्डलामा पुग्दा शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका थिए ।

शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए । तर पीडितहरूले उनीविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध