Nic Ad Nic Ad
Nic Ad Nic Ad

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो‘ हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना

मंगलबार, चैत १४, २०७९

काठमाडौं– लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवईल्सको आधिकारिक विक्रेताले ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको छ ।

सोमबारदेखि लागू भएको यो योजनामा कम्पनीले ५ लाख रुपैयाँ सम्मको नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँ सम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार रुपैयाँ सम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सकिने छ ।

यसका साथै, गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा समेत प्रदान गरिएको कम्पनीले बताएकको छ । सबै हुन्डाई गाडी ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुने जनाइएको छ ।

कम्पनीले अघिल्लो महिना मात्रै भेन्यू र निओस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनैपनि ह्याटब्याक, कम्याक्ट एसयुभी, तथा इभी गाडी खरिद गरि फाइदा लिन सक्नेछन् ।

कम्पनीले हाल देशभरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । सो मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्ने कम्पनीले बताएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार